भाइरस एक संक्रमणकर्ता हो । यो परनिर्भर जीव हो र अन्य प्राणीहरुमा निर्भर रहन्छ । नाङगो आँखाले देख्न नसकिने अत्यन्त सुक्ष्म हुन्छ । तर पनि यसले मानिसहरुमा ठुलो महामारी फैलाउँछ ।
भाइरसमा भएको जीनले यीनीहरुको उत्परिवर्तन र विकासमा सक्षमा गराउँछ । यसले जीवजन्तु तथा बोटबिरुवा देखी लिएर सुक्ष्म जीवाणुमा समेत संक्रमण गर्दछ । भाइरसका प्रजातिहरु करिब पाँच हजार भन्दा माथि भेटिइसकेका छन् । भाइरसको संक्रमणले मानिसमा खतरनाक सर्ने तथा नसर्ने रोगहरु लगाउँछ ।
जनावर तथा बोटबिरुवाहरुमा पनि यसले असर पार्दछ । यो विभिन्न माध्यमबाट एक ठाउबाट अर्को ठाउमा सर्दछ । जस्तै ः एच. आई. भी भाइरस संक्रमित व्यक्तिसंग यौनसम्पर्क राख्दा सर्दछ, नोरोभाइरस दुषित खाना तथा पानीबाट सर्दछ, डेंगो भाइरस संक्रमित कीराको टोकाइबाट सर्दछ ।
सन २०१४ देखी सन २०१६ बीचमा अफ्रिकाबाट आएको इबुला भाइरसको संक्रमणले संक्रमितमध्ये करिब नब्बे प्रतिशत मानिसले ज्यान गुमाएका थिए । हाल चीनबाट उत्पती भएको कोरोना भाइरस विश्वभरी फैलिएको छ । यसबाट सवा लाख मानिसहरु संक्रमित भएका छन् । झण्डै पाँच हजारको मृत्यु भइसकेको छ ।
कोरोना भाइरसको संक्रमणबारे अझै अध्ययन भइरहेको छ । यसको खोप पत्ता लगाउन वैज्ञानिकहरु सक्रिय भइरहेका छन् ।- एजेन्सीको सहयोगमा