महाभारतको समयमा युधिष्ठिरले द्रौपदीलाई खम्बामा हाले र मामा शकुनीले दुर्योधनको तर्फबाट जिते । त्यस समयमा दुशासनले द्रौपदीलाई अपमान गरेका थिए । त्यहाँ भीष्मपितामह, द्रोणाचार्य जस्ता महान व्यक्तिहरु बसिरहेका थिए । ज्योतिषीहरु अनुहार झुकाउदै बसिरहेका थिए, त्यसैले दण्ड पाए ।
दुर्योधनको आदेश पाएपछि दुशासनले द्रौपदीको साडी उर्तान थाले, सबै मौन थिए, पाण्डवहरुले पनि उनको सम्मान बचाउँन सक्ने अवस्था थिएनन् । उक्त समयमा द्रौपदीले आँखा बन्द गरेर वासुदेव श्रीकृष्णलाई बोलाइन् र भनिन् “हे गोविन्द आज विश्वास र अविश्वासको बीचमा युद्ध भइरहेको छ । आज मैले भगवान छ कि र्छन भनेर हेर्न छ.. । तब श्रीकृष्णले चमत्कार गरेर प्रस्तुत भए र द्रौपदीको साडी तबसम्म लामो हुन लाग्यो जबसम्म दुशासन बेहोस नभएसम्म । सबैजना यो चमत्कार देखेर छक्क परे ।
श्रीकृष्णले द्रौपदीको सुन्दरता बचाउनुको दुई कारण थिए भनिएको छ । पहिलो उनीहरु साथी थिए र अर्को कारण पुण्य कार्यको लागि । कुनै कारण नभएपनि श्रीकृष्णले द्रौपदीको लाज बचाएका थिए ।
पहिलो पुण्य कार्य
एक पटक द्रौपदी गंगामा नुहाइरहेकी थिइन् उक्त समयमा एक भिक्षु नुहाउन आए । नुहाउने क्रममा भिक्षुको लंगोटी पानीमा बगेर गयो र उनलाई निकै आपत प¥यो । उनले आफ्नो लाज छोप्नको लागि झाडीमा पसे । द्रौपदीले भिक्षुलाई आफ्नो साडीको लंगोटीलाई चाहिने टुक्रा च्यातेर दिइन् । भिक्षु खुशी भएर द्रौपदीलाई आर्शीवाद दिए ।
दोस्रो पुण्य
अर्को पौराणीक कथा अनुसार शिशुपाललाई श्रीकृष्णले सुदर्शन चक्रले मारेका थिए, उक्र समयमा श्रीकृष्णको औला काटिएको थियो । औला काटिएपछि श्रीकृष्णको रगत बगेको थियो, त्यस समयमा द्रौपदीले आफ्नो साडी च्यातेर श्रीकृष्णको औलामा बाधिँदिएकी थिइन् ।
द्रौपदीले गरेको कार्यमा खुशी भएर श्रीकृष्णले आर्शीवाद दिदै भनेका थिए, एक दिन पक्कै पनि तपाईको साडीको मुल्य तिर्नेछु । यी कार्यको कारण श्रीकृष्णले सद्गुणको बदलामा द्रौपदीको साडी धेरै बढाइदिएर उनको गुन ब्याजसहित फर्काइदिए र द्रौपदीको लाज बचाइदिए ।