Logo

प्रधानमन्त्री ओलीको राजीनामा मागेको बारे गगन थापाले दिए यस्तो जवाफ (भिडियोसहित)



काठमाडौं, ३० फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन कुमार थापाले आफूले संसदमा सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको किन राजीनामा मागेको भन्नेबारे स्पष्ट पारेका छन् । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्य प्रतिकुलताको अवस्थालाई मध्यनजर गरेर आफूले विश्राम लिन भनेको स्पष्ट पारेका छन् ।

https://youtu.be/Vc6hGKftstk

थापाले प्रधानमन्त्री ओली डिस्चार्ज भएर बालुवाटार आएको सुनाउँदै आफूले स्वास्थ्यलाभको कामना गरेको बताए । आफूले त गिरिजा प्रसाद कोइराला बिरामी भएर अस्पताल भर्ना भएको बेलामापनि अब विश्राम गर्नुपर्छ भनेर बोलेको स्मरण गराउँदै थापाले भने,”स्वास्थ्यको यो अवस्थामा लगातार उहाँलाई दल्नु भनेको उहाँमाथिको अन्याय हो भनेर बोलेको लेखेको कुरा म सम्झन्छु । त्यो बेलामा पनि लिडरपसिपलाई त्यो कुरा प्रिय लागेन् । गिरिजाबाबुलाई माया गर्छु भन्ने मान्छे हो भने तपाईले गिरिजाबाबुलाई विश्राम गर्नुहोस भन्नुपर्छ । यसरी पनि माया हुन्छ ? भन्ने मेरो कुरा रह्यो । अहिलेपनि म त्यही भन्छु । प्रधानमन्त्री ओलीलाई माया गर्छु भन्ने जो प्रियजन, आफन्तहरु छन्, उहाँले अब बस्नुहोस् । अब विश्राम गर्नुहोस भन्नुपर्दथ्यो भन्ने कुरा अस्तिनैदेखि, मैले भन्दै आएको एउटा पार्ट हो ।”

उनले आफूहरु प्रधानमन्त्री ओलीको आत्मबलबाट अत्यन्तै प्रभावित भएको बताए । उनले भने,”उहाँको ईच्छाशक्ति र आत्मबल अतुलनीय छ । तर, शरिर त सबैको शरिर हो । सबैका आफ्ना सीमाहरु हुन्छन् । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गरेर आईसकेपछि, बालुवाटारमा आईसकेपछि उहाँमा अब संक्रमण नहोस भन्नका लागि भेटघाटलाई लिमिटेड बनाउनुपर्ने हुन्छ ।उहाँलाई विश्राम लिनुपर्ने हुन्छ । स्टेस लिन नदिनुपर्ने हुन्छ । अहिलेको अवस्था नर्मल नै छैन् । यता खाद्यान्न पुर्याउनुपर्ने हुन्छ, उता औषधी पुर्याउनुपर्ने हुन्छ । यो बेलामा उहाँलाई झन च्यालेन्जिंग पो हुन्छ कि ? झन हामीलाई चाहिने बेलामा । यो सामान्य अवस्था त होईन नि ।”



प्रतिक्रिया दिनुहोस्