Logo

पुण्य गौतमलाई कुट्ने युटुबर प्रहरीको नियन्त्रणमा



चैत १, काठमाण्डौ । पछिल्लो समय जथाभावी बोलेर सामाजिक संजालमा भाइरल हुन चाहनेहरु धेरै छन् । अन्टसन्ट बोल्न चाहनेलाई च्याउसरि खोलिएका युटुबहरुले साथ दिएका छन् ।

यस्तै प्रवृत्ति मौलाउँदा विकृति पनि झाङ्गिएको छ । यसको पछिल्लो उदाहरण हो पुण्य गौतममाथि युटुबरहरुको हमला । केहिदिन अघि गौतमलाई युटुबरहरुले कुटपिट गरेका थिए ।

महानगरीय प्रहरी बृत्त गौशालाले कुटपिटमा संलग्न ३ जना युट्युवरलाई पक्राउ गरेको छ । गौतमलाई हातपात गरेको र लछारपछार गरेको अभियोगमा उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

पक्राउ पर्नेहरुमा युट्युवरहरु सन्तोष सापकोटा, दिपेश श्रेष्ठ र कमल बस्नेत छन् । उनीहरुमाथि प्रमुख जिल्ला अधिकारीले हेर्ने अभद्र ब्यवहार अन्तर्गतको मुद्धा दर्ता गरिएको छ ।

केहीदिन अघि युट्युवरहरुको समूहले गौतमलाई आक्रमण गरेको भिडियो युट्युवमा सार्वजनिक भएको थियो ।  आक्रमणकारीहरु पत्रकार हुन् वा युट्युवर हुन् यसबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

गौतम स-साना विषयमा पनि ठुला कुरा गरेर चर्चा कमाउन चाहने व्यक्तिका रुपमा चिनिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot