काठमाडौं, चैत्र १ । पुर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न खोज्ने ८ विदेशी नागरिकलाई ज्वरो देखिएपछि भारत फिर्ता गरिएको छ ।
काँकडभिट्टा नाकामा गरिएको स्वास्थ्य परिक्षणमा ८ जनामा ज्वोरो देखिएपछि भारत फिर्ता गरिएको हो ।विदेशबाट नेपाल आउनेमा ज्वरो देखिएका कारण कोरोना भाइरस संक्रमण हुनसक्ने आशंकमा नेपाल प्रवेशमा रोक लगाउँदै भारततर्फ पठाइएको केन्द्रका प्रमुख तालबहादुर खड्काले बताए ।
उनीहरुलाई पूर्वी नाकामा आइसोलेसन नभएका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा बस्न चिकित्सकले सुझाव दिए पनि आफूहरु अस्पतालमा नबस्ने बरु फिर्ता जाने बताएकाले उनीहरुलाई भारततर्फ नै पठाएको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।