Logo

रुसले युरोपियन युनियनको सम्पूर्ण उडान रद्द गर्ने



१ चैत । रुसले युरापियन युनियनको सम्पूर्ण उडान तत्कालका लागि रद्द गर्ने भएको छ । मार्च १६ देखि लागु हुनेगरी ईयूका सम्पूर्ण उडान रद्द गर्ने घोषणा रुसी अधिकारीले गरेका हुन् । स्विटजरल्याण्ड र नर्वे समेतका उडान रद्द गर्ने जनाकारी दिएका हुन् । रुसी टास्क फोर्स कोरोनाको संक्रमण फैलिन नदिन निरन्तर रुपमा लागिपरेको समेत जनाइएको छ ।

रुस र रुसी नागरिकलाई कोराना भाइरसको संक्रमण फेलिन नदिन ईयुका सम्पूर्ण उडानहरु रद्द गरको जनाइएको छ । रुसमा रहेका ईयु नागरिकलाई चार्टर विमानबाट पठाउन योजना रुसी टास्क फोर्सले बनाएको छ । मार्च ११ मा रुसले चीन लगायत दक्षिण कोरिया र इरान उडान रद्द गरेका थियो ।

उक्त संक्रमणको कालमा बार्सिलोना, म्युनिक र फ्रान्कफोर्टको उडान भने यथावत रहने छ । उक्त भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या ५ हजार भन्दा बढी रहेको तथ्यांक छ । उक्त भाइरसको संक्रमणबबाट एक लाख ३४ हजार मानिस प्रभावित भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्