१ चैत । युरोप कोरोना संक्रमणको केन्द्रबिन्दू भएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयसले जनाएका छन् । उनले शुक्रबार जेनभामा युरोप कोरोनाको केन्द्रबिन्दू रहेको ब्रीफिङ गरेका हुन् । युरोपमा उक्त भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या र संक्रमणमा पर्नेको संख्या विश्व भन्दा निकै बढी रहेको कारण युरोपलाई कोरोनाको केन्द्रबिन्दू भनेका हुन् । युरोपमा दैनिक चीन भन्दा बढी मात्रामा कोरोना संक्रमणको केस दर्ता भइरहेका स्पष्ट पारका छन् ।
विश्वभर एक लाख भन्दा बढी मानिसहरु कोरोनाको संक्रमणमा परेका समेत डब्लूएचओ प्रमुखले जनाएका छन् । उक्त भाइरसको संक्रमणबाट रुस लगायत अन्य ११० देशमा देखा परेको छ । उच्च जोखिममा रहेका देशहरुले भाइरसको संक्रमण न्यूनिकरण गर्ने निरन्तर रुपमा लागिपरको समेत जनाइएको छ । डब्लूएचओले सम्पूर्ण देशलाई कोरोनासंग लड्न सहयोग गर्ने विषय प्रमुखले स्पष्ट पारेका छन् ।
उच्च जोखिममा रहेको देशहरुले प्लान बनाएर अगाडि बढीरहेको र कोरोना संक्रमणको परिक्षण लागि प्रयोगशालाहरु निर्माण गरिरहेका समेत प्रमुखले जनाएका छन् । डब्लूएचओले सम्पूर्ण देशहरुलाई चाहिने सामाग्री र परिक्षण किट उपलब्ध गरारहेको समेत प्रमुखले सार्वजनिक गरेका छन् । उक्त भाइरसको प्रकोपलाई नियन्त्रण गर्न देशहरुलाई गम्भीर हुनु पर्नेमा डब्लूएचओका प्रमुखले जोड दिएका छन् ।
चीन, दक्षिण कोरिया, सिंगापुरले भाइरस संक्रमणको न्युनिकरण गर्न सम्पूर्ण कार्यविधि ठप्प गरेर नियन्त्रण गरेको जनाइएको छ । चीनसंग सिक्न र संक्रमणको नयाँ प्रविधिको पत्ता लगाउन सम्पूर्ण देशहरुलाई डब्लूएचओको आग्रह रहेको छ ।