काठमाडौं, १ चैत्र । आज श्री शाके १९४१ बि.स.२०७६ साल चैत्र १ गते शनिबार इश्वी सन २०२० मार्च १४ तारिख चैत्र कृष्णपक्ष पञ्चमी तिथी विशाखा नक्षत्र हर्षण योग गर करण चन्द्रमा तुला राशिमा१२ः३८ बजे सम्म पश्चात बृश्चिक राशिमा आनन्दादि योगमा शुभ योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु,चैत्रसंक्रान्ति (ज्यो.प. सरोज घिमिरे )
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) प्रेमी–प्रेमिकाको बीच सामान्य मनमुटाब रहनसक्छ । ब्यापार ब्यवसायको क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले कसैमाथि गरेको बिश्वासमा बिश्वासघात हुनसक्छ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । अध्यनअध्यापनको समय उत्तम रहेको छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) आजको सामान्य खर्चले भोलिलाई फाईदामुलक हुनेछ । प्रिय ब्यक्तिको भेटले मन प्रशन्न रहला । मनमा चञ्चलताले बास गर्नाले सही निर्णय गर्न नसकीएला । प्रतिष्पर्धाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । तात्कालिन् आर्थिक अभाबको सामना गर्नुपर्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह ) साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । बौद्धिक क्षेत्रको विकाशले तपाईको मान सम्मानमा बृद्धि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । बौद्धिक ब्यत्तित्वहरुको साथ तथा सहयोग प्राप्त रहनेछ । आय–आर्जनका निम्ति समय राम्रो रहेको छ ।
कर्कट राशि ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ( परिश्रमअनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सवारी साधनको प्रयोगमा ध्यान लिनुहोला । तपाईको प्रगतिमा आरिष गर्नेहरुबाट बच्नु पर्ला । पारिवारिक साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पग्नेछ । सभा तथा सम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ति हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक स्रोत तथा साधनको प्रयोगमा समय ब्यतित रहनसक्छ । प्रिय खबरद्वारा मन प्रशन्न रहला । मित्रजनको साथ र सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चञ्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नुपर्ला । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) मित्रहरुको साथ र सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । वाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते ) साधारण चोटपटक लाग्नसक्ने सम्भाबना रहेको छ । साझेदारी काममा हात नहालेकै बेस हुनेछ । मनमा आँट र साहसको कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जीवनसाथीको साथ तथा सहयोगद्वारा व्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।
बृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुनसक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । सामाजिक कार्यमा सहभागिता जनाउने अवसर प्राप्त रहनेछ । प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला ।
धनु राशि ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन स्रोतहरु फेला पर्नेछन ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानीको क्षेत्र सबल रहने छ । आफन्तजनको साथ र सहयोगबाट कार्यसम्पादनमा मद्दत पुग्नेछ । स्थिर क्षेत्रमा गरिएको लगानी उत्तम साबित रहनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द ) अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानीको क्षेत्रमा सजग रहनुपर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढिलाई हुनाले सामान्य अपजस सहनुपर्ला । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।
मिन राशि ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान्यजनको साथ र सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । शारिरीक आलष्यताले गर्दा गरिरहेको कामको क्षेत्रमा अपजस सहनुपर्ला । भोजभतेरजन्य कार्यमा सहभागिताको समय रहेको छ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ ।