Logo

कम्प्युटर अपरेटर रंगेहात अख्तियारको नियन्त्रणमा



काठमाडौ, चैत्र १ । मालपोतका सुब्बा (कम्प्युटर अपरेटर)¬ लाई ५ हजार घुसहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

धादिङ, जीवनपुरमा ४ रोपनी जग्गाको रजिष्ट्रेसन पास गर्ने क्रममा लेखापढी ब्यवसायी मार्फत सरोकारवालासंग घुस लिएको सूचनाको आधारमा सुब्बा सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्