Logo

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड बालुवाटारमा



काठमाडौं, १ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटिसकेका छन् ।

दाहालले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । प्रधानमन्त्री ओली हिजोमात्रै अस्पतालबाट डिस्चार्ज भई बालुवाटार फर्किएका थिए । उनलाई नर्मल अवस्थामा फर्किनको लागि अझै एक महिना लाग्नसक्ने भनेर चिकित्सकहरुले बताईसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्