Logo

सेक्स टोयको माग बढ्दा गल्ली गल्लीमा पसल



काठमाडौं, १ चैत्र । अहिले शहरका गल्लीहरुमा सेक्स टोय अर्थात् यौन खेलौनाका पसलहरु बढिरहेका छन् । सेक्स टोयको पसल काठमाडौं उपत्यकामा पहिलोपटक खोलिदा चर्चा परिचर्चा मात्र नभएर यसको व्यापार फष्टाउने हो होइन आशंका थियो । तर, नेपाली बजारमा यसको माग बढेको देखिएको छ ।

माग बढेकैले सेक्स टोयका पसलहरु उपत्यकाका तीन शहरका विभिन्न स्थानमा खुलेका छन् । सेक्स टोय खरिद गर्न पसलमै जानुपर्दैन । फोन गरेको भरमा घरमै आइपुग्छ । निःशुल्क घरमै ल्याइदिने भनी फोन नम्बर समेत टाँसेको देखिन्छ ।

सेक्स टोयका विक्रेताहरुले यसको माग बढेको बताउँछन् । माग बढेकैले पसलहरु ह्वात्तै बढेका छन् ।



प्रतिक्रिया दिनुहोस्