Logo

हिमेश पन्त बने पहिलो कमेडी च्याम्पियन, खबपु समर्थकको विरोध(भिडियोसहित)



चैत १, काठमाण्डौँ । रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् ।

शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् । उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् ।

आज सम्पन्न फाइनलमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए। फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए।

‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए।

यसैबीच खबपु समर्थकले भोटको नतिजा सार्वजनिक गर्न माग गर्दै नाराबाजि गरेका छन् । नतिजा सार्वजनिक भएलगत्तै कार्यक्रमस्थल बाहिर विरोध गरेका हुन् । उनीहरुले खबपुले धेरै भोट ल्याएर जित्नुपर्ने दाबी गरेका छन् । तर आयोजकले हिमशको भोट बढि आएकाले उहीँ बिजेता भएको स्पस्ट पारेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot