काठमाडौं, १ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाहकारहरुसँग भेटेर राजनीतिक परिस्थिति र सरकारले चाल्नुपर्ने कदमका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको भेटमा उनले पछिल्लो घटनाक्रमबारे जानकारी लिएका थिए ।
मृगौला प्रत्यारोपणपछि सरकारी निवास बालुवाटार पुगेका ओलीले आज पहिलो बैठक डाकेका हुन् । बैठकमा ओलीबाहेकका सल्लाहकारहरुले मास्क लगाएका थिए । बैठकमा नेकपा महासचिव विष्णु पौडेल, प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सुर्य थापा सहभागी थिए । भेट छोटो भएपनि महत्वपूर्ण छलफल भएको उनका सल्लाहकार डा राजन भट्टराईले बताएका छन् ।
ओलीलाई संक्रमणबाट जोगिन चिकित्सकले सल्लाह दिएकाले उनलाई भेट्न जानेहरुले मास्क प्रयोग गर्ने गरेका छन् । ओलीलाई तंग्रिन अझै केही महिना लाग्नेछ ।
–Photo Source: PM’s Press Advisor