Logo

इमरान खानले भने- कोरोना भाइरसबाट आतंकित हुनुपर्दैन



काठमाडौं, १ चैत्र । कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रहरु मिलेर रणनीति बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव आएको एक दिनपछि बल्ल पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मुख खोलेका छन् । तर, उनले आफ्दै देशवासीलाई मात्र सम्बोधन गर्दै आतंकित हुनुनपर्ने भनेका छन् ।

आज साँझ ट्वीटमार्फत् खानले आफूले कोरोना भाइरसको अवस्थालाई नजिकबाट नियालिरहेको भन्दै त्यसबारे देशवासीलाई छिट्टै सम्बोधन गर्ने बताए । खानले भने, ‘म आम जनतालाई सरकारले भनेबमोजिम सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्छु । सावधानी अपनाउन जरुरी छ तर आतंकित हुनुपर्दैन ।’

खानले मोदीको सार्क देशहरु मिलेर बलियो रणनीति बनाई कोरोना भाइरसविरुद्ध लाग्नुपर्ने प्रस्तावबारे खानले केही उल्लेख गरेनन् । हिजो आएको मोदीको प्रस्तावमा सार्कका अधिकांश देशका नेताहरुले स्वागत गर्दै जवाफ दिइसकेका छन् । नेपाल, श्रीलंका, भुटान र मालदिभ्सका नेताहरुको जवाफ आइसकेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot