Logo

आज २०७६ चैत्र २ गते आइतबारको राशिफल



काठमाडौं, २ चैत्र । आज श्री शाके १९४१ बि.स.२०७६ साल चैत्र २ गते आईतबार इश्वी सन २०२० मार्च १५ तारीख चैत्र कृष्णपक्ष षष्ठी तिथी अनुराधा नक्षत्र वरीयान योग वणिज करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा मृत्यु योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैरब्यक्तिको बिश्वासमा गरिएका कार्यमा सजग रहनुहोला । सामान्य अपजसको सम्भाबना रहेको छ । खानपानमा विशेष सावधानी अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परिश्रम गर्नुपर्ने सम्भाबना रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) जीवनसाथीको सहयोगमा गरीएका कार्यबाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसायमा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमी आएको महसुस हुनेछ । नयाक ाम प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रतिष्पर्धीरुको बृद्धि हुनाले कार्यसम्पादनमा विशेष ध्यान पुर्याउनपर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारिरीक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मिक खर्चको सामना गर्नुपर्नेछ । आयआर्जनका लागि भने समय उत्तम रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुको कार्य लापरबाहीको प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साझेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण विश्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नुपर्ने छ । आयआर्जनका लागि भने समय उत्तम रहेको छ । अध्यनअध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक साथ सहयोमा गरिएका कार्यहरु दीर्घकालिन फाईदाका स्रोत साबित हुनेछन । पति पत्नीबीचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगनसिलतामा बृद्धि हुनाले मान–सम्मानको योग रहेको छ । भौतिक स्रोतसाधनको प्रयोगमा बिशेष साबधानी अपनाउनु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मित्रजन तथा दाजुभाईबीचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परिश्रम गर्नु पर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा विभिन्न झमेलाहरुको सामना गर्नुपर्न सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कुल कुटुम्बहरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौद्धिक ब्यत्तित्वसगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबी देखापर्नेछ । मित्रजनको साथ सहयोगमा कमी रहला । अध्यनअध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साझेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनी गर्न समय उत्तम रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मानसिक चञ्चलताका कारण मित्रजनसगँको सम्बन्धमा फाटो आईपर्नेछ । जीवनसाथीको सहयोमा गरिएका व्यापार व्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानी तथा साझेदारी कार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभचिन्तकका रुपमा परिणत हुनेछन ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्षी तथा प्रतिष्पर्धीहरुको बृद्धि हुन सक्नेछ । नयाँ काम प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ । तथापी, साझेदारीको काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मानसिक चञ्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नुपर्नेछ । सामान्य कार्यसम्पादनमा अधिक परिश्रमको सम्भाबना रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तानसम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सामान्य यात्रापश्चात् मानसम्मानको प्राप्ती हुन सक्नेछ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारिवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।



प्रतिक्रिया दिनुहोस्