काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाईएको छ । विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपाल भित्रिन नदिन र भित्रिहाले कसरी रोकथाम गर्ने भन्नेबारे छलफल गर्न मुख्यमन्त्रीहरुलाई आज काठमाडौं बोलाईएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरेर डिस्चार्ज भई बालुवाटार पुगेलगत्तै कोरोनाबारे चासो राखेका थिए । उनले उपप्रधान तथा रक्षामन्त्री ईश्व पोखरेललाई सरकार गम्भिर भएर लाग्नुपर्ने निर्देशन दिएका थिए । उक्त अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको समेत उपस्थिति थियो । file photo