Logo

कोरोना भाइरसविरुद्ध रणनीति बनाउन सार्क नेताहरुको भिडियो कन्फरेन्स (लाइभ)



लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाडौं, २ चैत्र । कोरोना भाइरसविरुद्ध संयुक्त रुपमा बलियो रणनीति बनाउन सार्क राष्ट्रका नेताहरुले संयुक्त छलफल गरिरहेका छन् । अहिले साँझ सवा पाँच बजेबाट सार्क नेताहरुको भिडियो कन्फेरेन्स भइरहेको छ ।

भिडियो कन्फेरेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी छन् । उनको साथमा मन्त्री र सल्लाहकारहरु पछाडितर्फ उभिएका छन् ।

कन्फरेन्समा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेताहरुलाई पालैपालो बोल्न अनुरोध गरिरहेका छन् । बँगलादेश र भुटानबाट प्रधानमन्त्री, मालदिभ्स, अफगानिस्तान र श्रीलंकाबाट राष्ट्रपति सहभागी भएका छन् । यी देशका नेताहरुले मोदीको प्रस्तावको स्वागत गरेका थिए । पाकिस्तानबाट प्रधानमन्त्रीका स्वास्थ्यसम्बन्धि विशेष सहयोग जफर मिर्जा भिडियो कन्फेरेन्समा सहभागी भएका छन् ।

सार्कका सबै देशहरुमा कोरोना भाइरसको संक्रमित भेटिइसकेका छन् । सार्क नेताहरुले आफ्नो देशको अनुभव र भावी रणनीतिबारे उल्लेख गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्