पायल्सका बिरामीहरुले यी चार चिजहरुबाट अलग रहनु पर्छ । यसलाई साधारण भाषामा हेमोरोइड्स पनि भनिन्छ । यो एक दर्दनाक समस्या हो । यो रोगसँग सम्बन्धित सबैभन्दा नराम्रो पक्ष मानिसहले खुलेर कुरा गर्न चाहादैनन् वा हिचकिचाउँने कारणले कैयो पटक सिधै शल्यक्रिया थिएटरमा जानु पर्छ ।
यो रोग एक पटक ठिक भएपनि सावधानी नअपनाएमा फेरी पनि दोहोरिन सक्छ । यसैले खानपिनमा निकै ध्यान दिनु जरुरी हुन्छ । स्वस्थ खानपिन बाट नै यो रोगको नियन्त्रण गर्न सकिन्छ ।
खान र पिउँदा यस्ता बिरामीहरुले यी चीजबाट टाढा रहनुपर्छ ।
- धेरै तेल र मसालेदार चीजहरुबाट टाढा रहने
- फास्टफुडको सेवन नगर्ने
- सागसब्जी बढी खाने
- राजमा र अन्य दालहरुबाट टाढा हुने, यीनीहरुको प्रयोगले झन् समस्या बढ्न सक्छ ।