कपाल झर्नु समस्याको उपचार भन्दा पहिला कपाल झर्ने कारण थाहा पाउनु धेरै आवश्यक हु्न्छ ।
आजकाल धेरै मानिसहरु कपाल झर्ने समस्याबाट दुखि भएको देखिन्छ । कपाल झर्ने समस्या कतिबेला गम्भीर हुन जान्छ थाहा नै हुँदैन ।
कैयो पटक कपाल झर्ने कारण मौसम पनि हुने गर्छ, केही पटक कपाल झर्नुमा शरीरमा भएको रोग पनि जिम्मेवार रहन्छ ।
कपाल झर्ने कारण
१. पारिवारिक इतिहासः कैयौ पटक कपाल झर्नेका पछाडी पारिवारिक इतिहास सबैभन्दा ठुलो कारण बन्न सक्छ । पारीवारिक इतिहासको कारणबाट पिडित भएमा उचित आहार र व्यस्त जीवनशैलीलाई कम गरेर केही हद सम्म कम भने गर्न सकिन्छ ।
२. कपाल सुकाउने मेशिनः अधिकांश मानिसहरु कपाल सुख्खा बनाउँनको लागि हेयर ड्रायरको प्रयोग गर्दछन् । यसको प्रयोगले कपाल झर्ने हुन्छ । यसको अलवा कपाल सिधा वा कर्लि बनाउँने मेशिनले कपाल र्झन सक्छ ।
३. केमिकल भएको हेयर प्रोडक्ट्स
बजारमा भेटिने स्याम्पु, कंडीश्नर र हेयर आँइल जस्ता उत्पादकहर केमिकलयुक्त हुन्छन् । यी सबै उत्पादकले कपालमा नोक्सान पुर्याउँछ । यसले कपाल कमजोर बनाउनुका साथै अन्य सम्बन्धित समस्या पनि जन्माउने गर्छ ।
४. संक्रमण र तनाब
कैयौ समय टाउकोको छालामा संक्रमण भएर कपाल झर्न सुरु हुन्छ । यसको साथै धेरै मानिसहरुमा तनावको कारण कपाल झर्ने हुन्छ । यसको उपचारमा तनाब फ्रि रहनु धेरै आवश्यक हुन्छ ।
५.थाइाइडको कारण
थाइराइड ग्रन्थी धेरै वा कम सक्रिय हुने सम्बन्धमा कपाल झर्ने गर्छ । कपाल धेरै झर्नु थाइराँइड बढेको ठुलो लक्षण हुनसक्छ । यसको उपचार गरेमा कपाल झर्ने समस्या पनि कम हुन्छ ।
६.टाइफाइड र भाइरल संक्रमण
टाइफाइड र भाइरल संक्रमणको कारण पनि धेरै कपाल झर्ने गर्छ । लामो समय ज्वरो आउँदा, टाइफाइड वा भाइरल संक्रमण भएको अवस्थामा पनि कपाल समस्या हुन सक्छ । रोगको उपचार गरेमा यो समस्या पनि हटेर जान्छ ।
७.शल्यक्रिया वा गर्भावस्थामा
कुनै ठुलो किसिमको शल्यक्रिया पछि पनि कपाल झर्न कम नभएमा शल्यक्रिया र एनेस्थिसियाको असर हुन सक्छ ।
गर्भावस्थाको समयमा महिलाको शरीरमा एस्ट्रोजन नामको हर्मोनको सन्तुलन बिग्रन गई कपाल धेरै झर्छ । खानपान र जीवनशैलीमा सुधार गरेमा कपाल झर्ने समस्याबाट धेरै छुटकारा पाउन सकिन्छ ।