Logo

दात दुखाईमा भ्यान्टाको प्रयोग



स्वास्थ्यको हिसाबले भ्यान्टा एक धेरै फाइदा दिने तरकारी हो । यसलाई फलाउँनु गाह्रो भएता पनि उपयोगीता भने राम्रो हुन्छ । आयुर्वेदले बताए अनुसार अरु कुनै तरकारीमा नहुने पोषक तत्व भ्यान्टामा मिल्ने बताएको छ ।

१.भ्यान्टा खानाले कोलस्ट्रोलको स्तर कम बनाउँने गर्छ । यसमा पोटासियम वा म्याग्नेशियम धेरै पाइने हुनाले जसका कारण कोलेस्ट्रोलको स्तर बढ्न पाउँदैन ।

२.भ्यान्टामा भिटामिन ‘सी’ पाइने हुनाले संक्रमणबाट टाढा राख्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँनमा धेरै सहयोग गर्दछ ।

३. भ्यान्टाको रस सेवन गर्दा दात दुखाईमा निरोधकले जस्तै काम गर्दछ । यसको रसले दातमा आराम मिल्ने गर्छ ।

४. भ्यान्टामा प्रशस्त मात्रामा क्यालोरी र फाइबर पाइन्छ । यो ताजा खानाले शरीरलाई गह्रौ महसुस भई जसको कारण मानिसले खाना कम हुन्छ र तौल नियन्त्रण हुन्छ । तौल नियन्त्रण गर्ने यो राम्रो आहार हो ।



प्रतिक्रिया दिनुहोस्