Logo

पाथीभरा देवीको शक्ति



ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दु र बौद्धहरुको महत्वपुर्ण धार्मिक स्थल हो । यो समुन्द्र सतहको १२ हजार उचाइमा रहेको छ । विश्वास र आस्थाको पवित्रता देवी पाथीभरा सदरमुकाम फुङ्लिङबाट १९.४ कि.मी पुर्वोत्तर तर्फ ३७९४ मी. को उचाईमा अवस्थित छ । वर्षभरी भक्तजनहरु आउँने यस मन्दिरमा फुङलिङबाट पैदल हिडेर एक दिन लाग्छ । अन्न भरेको पाथी झै सुन्दर र मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरको टुप्पोमा देवीको उत्पत्तिस्थल रहेकाले यो देवीको नाम ‘पाथीभरा देवी’ भनी श्रद्धाले पुकारीन्छ ।

किम्बदन्ती

परापुर्वकालमा पाथीभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अप्रत्यासित रुपमा गोठका भेडाहरु सबै अलप भए । त्यस्तो परिस्थितीमा रातमा देवीले दर्शन दिनुभई आफ्नो उत्पत्तिस्थल र आकृतिको बोध गराई भेडा बलि सहित पुजा अर्चना गर्ने निर्देशन दिइन् । देवीले दिएको निर्देशन अनुसार गोठालाहरुले ह्स्टपुस्ट भेडाको बलि दिई पुजा अर्चना दिए । बलि दिँदा बित्तिकै हराएका सयौ भेडाहरु जस्ताको तस्तै पहिलेकै स्थानमा देखा परे र बलि चढाएको भेडोको रगत बलिस्थानमा झर्नासाथ हरायो । यो देखेर गोठालाहरुले हर्ष र आश्चार्य मान्दै जयजयकार गरे । यहाँको स्मरणीय कुरा त्यति धेरै बलि दिएका बोकाहरुको रगतले खोला बग्नु पर्ने थियो तर त्यसो हुँदैन ।

पाथीभरा देवी विस्वास आस्था एंव पवित्रताकी देवी हुन् । त्यसैले त्यहाँ जाँदा त्यसरी नै जानु पर्ने हुन्छ । उक्त पवित्र स्थानमा जान जात, धर्म, लिंगको भेदभाव छैन । “मनमा शुद्धता, देवीप्रतिका भक्तिभाव राखे पुग्ने तर गर्भवती, रजस्वला भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरुको सर्वनाश हुन्छ, ठुलो क्षति हुन्छ । ” भन्ने विश्वास रहि आएको छ । पाथीभरा देवीको निम्ती पशु बलि अनिवार्य नभएतापनि बलि चढाउनु अति उत्तम मानिन्छ । यी देवीलाई अटल सौभाग्यशाली प्रतिकको रुपमा मानिन्छ । त्यसैले श्रद्धालु भक्तजनहरुले देवीलाई सौन्दर्य प्रसाधनका सामाग्री जस्तै सिन्दुर, टिका, गाजल, काँगियो आदी अनिवार्य रुपमा चढाउने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्