Logo

पसिना आउने दोलखा भिमसेनको शक्ति



त्रिभुज आकारको अमुर्त कालो शिला मुुर्तिलाई भीमेश्वर, भीमसेन वा भैरवको रुपमा पुजिन्छ । त्यसैले एक शीला तीन अवतार मानिएको छ । भीमसेनमा साधारण पुजा देखि पञ्चवली र एकल पुजा समेत गर्ने परम्परागत चलन छ ।

यो भीमसेनको मुर्ति कहिले र कस्ले स्थानिय गरेको भन्ने एकिन आधार प्रमाण आजसम्म भेटिएको छैन । वडा दशैमा पुजा संकल्प गर्दा किरात कालिन देखिका राजा महाराजाहरुको नाम लिने चलन पनि छ । लिच्छवीकालिन, मल्लकालिन तथा गद्धिसिन श्री ५ महाराजधिराज समेतको नाम लिने गरिन्छ ।

श्री भीमेश्वर, भीमशेनलाई भविष्य सुचकको रुपमा पनि मानिन्छ, वि.स. १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४३, २०५७ पसिना आएको थियो । उक्त सालहरुमा पसिना आएको ६ महिना भित्र देशमा राजनैतिक, प्राकृतिक वा दरवारमा विभिन्न घटना भएको देखिन्छ । यसरी श्री भीमसेन मुर्तिमा पसिना आउँदा पसिना पुछेको कपास पहिले राजदरबार पठाउने र त्यहाँबाट बलि पुजा पठाउने चलन थियो भन्ने स्थानिय व्यक्तिहरुको भनाई छ । पछिल्लो पटक २०७६ फागुन ८ गते बिहिबार भीमसेनलाई पसिना आएको १७ औं पटक हो । पसिना आउँदा देशमा अनिष्ट हुने धार्मिक मान्यता रहँदै आएको छ । भीमेश्वरको शिलाको दायाँबायाँ दुवै भागबाट १ घण्टासम्म पसिना आएको थियो ।

दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टि बाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ ।

२०६३ सालमा जनआन्दोलनको एक महिना अघि, राजा विरेन्दको वंशनाश हुनुभन्दा डेढ महिना अघि र १९९० सालको भुकम्प आउनु अघि पनि भीमेश्वलाई पसिना आएको स्थानियहरुले जानकारी दिएका छन् । भीमेश्वरको शीलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठीयारले स्थानिय रुपमा क्षमा पुजा अर्चना गर्ने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्