Logo

सवइन्जिनियरमाथी अख्तियारको मुद्दा



काठमाडौ, चैत्र २ । रकम निकासा गर्ने भन्दै २० हजार भ्रष्टाचार गरेको अभियोगमा सवइन्जिनियर गणेश ठकुल्लालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई बबरमहल, काठमाडौं मार्फत विपद ब्यवस्थापन विभाग का.म.न.पा काठमाडौंका सवइन्जिनियर ठकुल्लाले सेवाग्राहीसँग घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनका लागि घुस लिएको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धानपछि मुद्दा दायर गरेको हो ।

उनलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरीएको अख्तियारको प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्