Logo

भन्सार छली ल्याएका कपडा बरामद



काठमाडौं, २ चैत । भन्सार छली ल्याएका कपडा सहित गाडी चालकलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । काठमाडौं चन्द्रागिरी नगरपालिका नागढुंगाबाट रा.१ च ९४३ नम्वरको गाडीमा भन्सार छली ल्याएका करिब ६ लाख रुपैयाँ बराबरका ८ वटा बोरामा रहेका कपडाहरु प्रहरीले बरामद गरेको हो ।

उक्त गाडीलाई जाँच गर्दा लुकाई छिपाई ल्याएको अवस्थामा बिल भर्पाई नभएको कपडाहरु फेला पारी गाडी चालक रुकुम आठबिसकोटका द्रोण केसीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा कपडाहरू चितवनबाट काठमाडौं ल्याउँदै गरेको खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान तथा कारवाहीको लागि सवारी चालक, सवारी साधन तथा बरामद गरिएको कपडाहरू त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot