एजेन्सी, ३ चैत । चीनबाट फैलिएको कोरोना संक्रमणले चीनबाहिर संक्रमितको संख्या उच्च भएको तथ्यांकले देखाएको छ । चीन लगायत कोरोनाको संक्रमण एक सय २९ देशहरुमा फैलिएको छ ।
ताजा रिपोर्ट अनुसार चीनमा कोरोना संक्रमित मानिसहरुको संख्या ८१ हजार २८ पुगेको छ भने उक्त भाइरसबाट विश्वभरी संक्रमित हुनेको संख्या ८१ हजार तीन सय २१ पुगेको तथ्यांकले देखाएको छ ।
चीनबाहेक कोरोनाको उच्च जोखिममा दक्षिण् कारिया, इरान र इटली रहेको छ । ती देशहरुमा मूत्यु दर ७.३१ प्रतिशत रहेको छ भने चीनमा मूत्युको दर ३.९५ प्रतिशत रहेको छ ।
आइतबार साँझसम्म एक सय २९ देशमा फैलिसकेको जनाइएको छ । इटली, इरान, दक्षिण कोरिया, स्पेन, जर्मनी फ्रन्स, स्विटजरल्याण्ड,जापन, बेलायत र नर्वेलाई कोरानाको केन्द्र मानिएको छ । कोरानाको संक्रमण भने सम्पूर्ण इयू देशहरुमा देखा परेको छ ।