Logo

कांग्रेसमा गुटबन्दी झांग्गियो, सिटौला समूहको भेला सुरु



काठमाडौं, ३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिवेला महाधिवेशनकेन्द्रित भेला तथा गुटगत छलफल सुरु भएका छन् । कृष्णप्रसाद सिटौला समूहले आज आफ्नो समूहको छुट्टै भेला बोलाएको छ ।

सिटौला समूहको भेला काठमाडौंको बत्तीसपुतलीमा रहेको एक पार्टी प्यालेसमा सुरु भएको एक नेताले जानकारी दिए । भेलामा नेता कृष्णप्रसाद सिटौला, युवा नेताहरु गगन थापा र प्रदीप पौडेल, भिमसेन दास प्रधान, नेताहरु धना खतिवडा, शिव हुमागाई, मुक्ता यादव, उमाकान्त चौधरीलगायत सहभागी भएका छन्ु।



प्रतिक्रिया दिनुहोस्