Logo

रुसले बेलारुससंगको सीमा बन्द गर्यो



एजेन्सी,३ चैत । कोरोना भाइरसको संक्रमणमा रोक लगाउन रुसले बेलारुससंगको सीमा बन्द गरेको छ । बेलारुससंगको सीमा बन्द गर्ने विषयलाई रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनले सोमबार जानकारी दिएका हुन् ।

रुसी प्रधानमन्त्रीले भने,‘हामीले बेलारुससंगको नाकामा आवतजावत गर्न समेत प्रतिबन्ध लगाएका छौँ । कोरोनाको संक्रमणमा रोक लगाउन हामीले बढी मात्रामा ध्यान दिएका छौँ ।’ आफ्नो देशमा कोरोनाको संक्रमणमा रोक लगाउन निरन्तर रुपमा लगिरहेका छौँ साथै प्रभावकारी कदम समेत चालेको रुसी प्रधानमन्त्रीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्