Logo

कोरोना भाइरससँग जुधिरहेको चीनमा पाकिस्तानी राष्ट्रपति पुग्दै



एजेन्सी, १६ फागुन । पाकिस्तानी राष्ट्रपति अरिफ अल्भी आजबाट दुई दिने चीन भ्रमणमा जाँदैछन् । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा आजै चीन उड्ने पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयकी प्रवक्ता आइसा फारुकीका अनुसार यो भ्रमण सद्भाव र साथको सन्देश दिने खालको हुनेछ । कोरोना भाइरससँग जुधिरहेको चीनलाई बलियो साथ र सहयोगको सन्देश दिने गरी भ्रमण हुनलागेको उल्लेख गरेकी छिन् । भ्रमण दलमा पाकिस्तानी विदेशमन्त्री एस एम कुरेसी, योजनामन्त्री असदउमरलगायतका उच्च तहका अधिकारी हुने जनाइएको छ ।

पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीको यो पहिलो चीन भ्रमण हुनेछ । चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि भ्रमण गर्ने विदेशी उच्च अधिकारीमा पाकिस्तानी राष्ट्रपति अल्भी दोस्रो नेता हुनेछन् । यसअघि कम्बोडियाका प्रधानमन्त्री हुनसेनले चीन भ्रमण गरेका थिए । चीन र पाकिस्तानबीच सुमधुर सम्बन्ध छ ।



प्रतिक्रिया दिनुहोस्