Logo

नेपालस्थित् विदेशी नियोगका प्रमुखहरु सिंहदरबारमा, परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल



काठमाडौं, ३ चैत्र । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालस्थित् विदेशी नियोगका प्रमुखहरुसँग छलफल गरेका छन् । सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालयमा नेपालस्थित् प्रायः सबै विदेशी नियोगका प्रमुखहरु छलफलमा भेला भैसकेका छन् । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बारेमा छलफल गर्न राजदूतहरुलाई छलफलमा बोलाईएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत उच्च जोखिममा राखेपछि नेपाल सरकार सतर्कता अपनाउन गृहकार्यमा जुटेको छ । हिजामात्रै, पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले समेत मुख्यमन्त्रीहरुसँग छलफल गरेको थियो । कोरोना नेपाल भित्रिन नदिनको लागि सरकारले उच्च सतर्कता अपनाएको भन्दै आम नागरिकलाई विश्वास दिलाएको छ । अस्पतालहरुसमेत तयारी अवस्थामा राखेको जनाएको छ ।

नेपालस्थित् कतिपय दूतावासले भिसालगायतका सेवाहरु अनिश्चित् कालका लागि बन्द गर्ने तयारी गरेका छन् । अमेरिकी दूतावासले पनि आजबाट लागु हुनेगरि अत्यावश्यकबाहेक भिसा सेवा अनिश्चित् कालको लागि बन्द गरेको जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot