Logo

जुवाडे पक्राउ



ललितपुर, ३ चैत । जुवातास खेलिरहेको अवस्थामा एक लाख २० हजार रुपैयाँ र ३ बुक तास सहित ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका नख्खुदोबाटो काईचा महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुको साथबाट नगदसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काईचा महर्जन, गोपीलाल तामाङ, रुद्र बहादुर थापा, प्रेम गुरुङ, राम पाख्रिन र सन्त वहादुर घले रहेका छन् । महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot