Logo

गगन र प्रदीपलाई दायाँबायाँ राखेर सिटौलाले दिए यस्तो सन्देश



काठमाडौं, ३ चैत्र । नेपाली काँग्रेसभित्र गुट फेर्ने क्रम चलिरहँदा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आज छुट्टै भेला गरे । भेलामा उनले गगन थापा र प्रदीप पौडेललाई दायाँ बायाँ राखेर आफ्नो गुट अझै बलियो रहेको सन्देश दिन खोजे ।

सिटौलाले यसअघिको महाधिवेशनमा बनाएको गुटका अधिकांश नेताहरु भेलामा थिए । जसमध्ये भीमसेनदास प्रधानलगायतका नेताहरु पनि थिए । मुख्य आकर्षण भने गगन थापा र प्रदीप पौडेल थिए । गगन दायाँमा थिए भने प्रदीप बायाँ थिए । आफ्नो दायाँबायाँ गगन र प्रदीप जस्ता उदीयमान नेताहरु रहेको सन्देश दिदै सिटौलाले कसैको आश्रय लिने भन्दा अरुलाई आश्रय दिन बन्ने क्षमता बनाउन भने ।

आफ्नो टिम आगामी महाधिवेशनमा काँग्रेसलाई नेतृत्व दिन सक्षम रहेको समेत दाबी गरे । निकै कडा रुपमा प्रस्तुत भएका उनले पार्टी नेतृत्वको आलोचना गरे ।

गत महाधिवेशनमा सिटौला सभापतिको उम्मेदवार थिए । उनी तेस्रो स्थानमा पुगे पनि काँग्रेसको नेतृत्व चयनमा ठूलो प्रभाव पार्न सफल भए ।



प्रतिक्रिया दिनुहोस्