Logo

विद्यालय भवन निर्माणको लागि नेपाललाई भारतको १० करोड ७० लाख अनुदान सहयोग



काठमाडौं, ३ चैत्र । दार्चुला, धनुषा र कपिलवस्तुमा नयाँ विद्यालय भवन निर्माणका लागि भारत सरकारले रु १० करोड ७० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नेपालस्थित भारतीय राजदूतावास र सम्बद्ध निकायका अधिकारीले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षरको समय एउटा विद्यालयलाई पहिलो किस्ताको रकम पनि हस्तान्तरण गरिएको थियो ।

दार्चुलाको धापस्थित् मालिकार्जुन उच्च माध्यमिक विद्यालय र धनुषाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्च मावि र कपिलवस्तुको महाराजगञ्ज नगरपालिकास्थित शिवभारी विद्यालयको भवन निर्माणका लागि महाकाली नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र महाराजगञ्ज नगरपालिकाबीच बेग्लाबेग्लै सम्झौतापत्रमा हस्ताक्षर भएको मन्त्रालयका उपसचिव रेशम कडेलले जानकारी दिए ।

 उपसचिवले भने, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्माण हुने ती विद्यालय भवनको बोलपत्र आह्वान, ठेक्का लगाउन, अनुगमनलगायत काम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महाकाली नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र महाराजगञ्ज नगरपालिकाले गर्नेछन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot