प्रजनन क्षमता नष्ट हुने विभिन्न कारण छन् । आन्तरिक र बाह्य कारणले प्रजनन क्षमता नष्ट हुन्छ । कतिपय अवस्थामा कारखाना वा खेतमा प्रयोग गरिएको किटानाशक विषाक्त रसायनको कारण वायु, खाद्य पदार्थ दुषित हुन्छ ।
धुम्रपान, सुर्तीजन्य, रक्सी पिउने,चिया कफि धेरै पिउने कारण गर्भधारण गर्न लामो समय लाग्छ । तिनीहरुको पनि अधिक मात्रामा गर्भपात हुन्छ । पुरुषहरु समेत यसका सिकार हुन्छन्, यसले शुक्राणुहरु कमजोर भई क्षतिग्रस्त हुन्छन् ।
धेरै तापक्रमः शुक्राणुको लागि कम तापक्रम राम्रो हुन्छ । यसैले पुरुषको दुईटै अन्डकोष शरीरको बाहिर शुक्रकोषमा झुन्डिएको हुन्छ । अन्डकोषको तापक्रम धेरै भएमा पुरुषको शरीरमा उत्पन्न हुने स्वस्थ शुक्राणु बन्नमा प्रभावित हुन्छ ।
औषधी ः केही औषधीले प्रजनन क्षमता नष्ट गर्ने खालका हुन्छन् । कुनै औषधी खान परेमा आफुले गर्भाधारणको प्रयास गरिरहेको जानकारी दिएर मात्र प्रयोग गर्न सकिन्छ ।
तपाईको वा जीवन साथीको बाझोपन हुन सक्छ ः विवाह वा गर्भाधारण गरेको १ वर्ष पछि पनि गर्भाधारण नभएमा डाक्टरमा जानु पर्छ । आफ्नो जीवन साथीको शुक्राणु पर्याप्त मात्रामा छ कि छैन, स्वस्थ छ कि छैन यी सबै कुराको जाँच गराउनु पर्छ ।