सामान्यत गर्भधारणमा भ्रुणको विकास गर्भाशयको भित्र हुन्छ, तर कहिलेकाँही एक्टोपिक गर्भावस्था हुने गर्छ । जसमा भ्रुणको विकास अन्डवाहिनी नली वा कहिले त बाहिर बस्ने गर्छ । बाहिर भ्रुणको विकास हुन पाउँदैन । विस्तारै विस्तारै उसको आकार बढ्न लाग्छ र उक्त ठाउँ फाटिन्छ र धेरै रगत बग्ने गर्छ । जसले धेरै पटक स्थिती जटिल वा गम्भीर समस्या भई घातक हुन सक्छ ।
पाठेघर बाहिर बच्चा बस्दाको लक्षण
- पेट दुखाई (हल्का वा बेस्सरी)
- रक्तश्राव भएर महिलालाई चक्कर आउने र बेहोस हुने
- समयमा उपचार नभएमा महिलाको मृत्युसमेत हुनसक्छ ।
- खतरा कसलाई हुन्छ त
- पहिले नै पेटमा शल्यक्रिया गरेका महिलालाई
- पेटमा संक्रमण भएका
निःसन्तान को उपचार गरेका महिलालाई
समयमा नै उपचार
एक्टोपिक गर्भधानको उपचार महिलाको शारीरीक स्थितीमा निर्भर रहन्छ । यसपछि गर्भ कहाँ र कति ठुलो भएको छ भन्नेमा पनि निर्भर रहन्छ । यदि शुरुमा नै पत्ता लागेमा सुईको सहायताले यसको विकास रोक्न सकिन्छ । भु्रण धेरै ठुलो भएमा सर्जरीको सहायताले मात्र निकाल्न सकिन्छ ।
सर्तकता जरुरी
गर्भवती भएको समयमा पेट दुखेमा,चक्कर लागेमा र बेहोश भएमा लापरबाही गर्नु हुँदैन, तरुन्त डाक्टरकोमा जानुपर्छ । भू्रणको स्थिती पत्ता लगाउन डाक्टरले सोनोग्राफी गर्ने गर्छन् । एक्टोपिक गर्भाधान भएको अवस्थामा डाक्टरहरुले गर्भ फाल्नलाई सल्लाह दिने गर्छन, फेलोपियन नलि फाट्नाले महिलाको ज्यान जान सक्छ । यसैले गर्भवस्थाको शुरुवात देखि नै नियमित चेकजाँच गर्नुपर्छ ।