Logo

व्यवसाय बढाउन नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले परामर्श सेवा दिने



काठमाण्डौं, ३ चैत्र । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले देशमा छरिएर रहेका उद्योगी, व्यावसायि संघ संस्था तथा व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यवसाय बढाउन तथा व्यवसायिक उद्देश्यमा सहयोग गर्ने उद्देश्यले अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ ।

बैंकका अनुसार उक्त सेवाअन्तर्गत आफ्नो उद्योग व्यवसाय संचालन गरिरहेका उद्योगीहरू तथा नयाँ व्यवसाय संचालन गर्न चाहने व्यवसायीहरूको लागि निम्न बमोजिमको सेवाहरु उपलब्ध गराईने जनाएको छ ।

१. वित्तीय सर्वेक्षण
२. बजार सर्वेक्षण
३. सम्भाव्यता अध्ययन
४. व्यापारिक योजना र विकास
५. व्यापार रणनीति विकास
६. व्यवसाय मूल्यांङ्कन (
७. शेयर/इक्विटी मूल्यांङ्कन
८. आम्दानी योजना
९. खर्च योजना
१०. पूँजीगत बजेट
११. पूँजी पुनर्संरचना

यसका साथै देशभरी छरिएका लगानी गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुलाई नबिल इन्भेष्टले साना तथा मध्यम वर्ग तथा स्टार्ट(अपमा लगानी गर्न चाहेमा परामर्श सेवा समेत उपलब्ध गराउनेपनि बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्