Logo

उद्योग मन्त्रालयले सबस्टेसनलाई जग्गा दिने मातातीर्थ–भक्तपुर प्रसारण लाइन बन्ने निश्चित



काठमाडौँ, ४ चैत । सबस्टेसन निर्माणका कारण अलपत्र चोभार–खोकना–चापागाउँ १३२ केभी प्रसारण लाइन बन्ने निश्चित भएको छ । ललितपुरको खोकना र चापागाउँवासीको अवरोधका कारण भक्तपुरसम्म विद्युत् लैजाने उक्त प्रसारण लाइन करिब २० वर्षदेखि अलपत्र थियो ।

ऊर्जा मन्त्रालयले त्यसको विकल्पमा चोभारमा सबस्टेसन निर्माण गरी वैकल्पिक वितरण प्रणालीमार्फत भक्तपुर विद्युत् पु¥याउने योजना अघि सारेको थियो तर सबस्टेसन निर्माणका लागि जमिन नहुँदा उक्त कामसमेत अघि बढ्न सकेको थिएन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक जमिन उपलब्ध गराउने भएपछि अब सबस्टेसन बन्ने निश्चित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । त्यस सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तको अग्रसरतामा दुई मन्त्रालयका मन्त्रीस्तरमा भएको छलफलमा उक्त सहमति भएको हो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्