काठमाडौं, चैत ४ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निकै गिरावट आएको भए पनि नेपाल आयल निगमले १५ दिनमै आधा अर्ब रुपैयाँ नाफा राखेर इन्धनको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट मूल्य घटेर आएपछि सोमबार मूल्य समायोजन गरेको भए पनि अन्तर्राष्ट्रिय बजारमा घटेको तुलनामा भाउ घटाएको छैन।
निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ, हवाई–इन्धनमा चार रुपैयाँ ५० पैसा मात्र मूल्य घटाएको छ। नयाँ मूल्यअनुसार काठमाडौंमा प्रतिलिटर पेट्रोल एक सय ६ रुपैयाँ, डिजेल र मट्टितेल ९५ रुपैयाँ छ।
निगम स्रोतका अनुसार मूल्य घटाउँदा पेट्रोलमा सात रुपैयाँ ४८ पैसा, डिजेलमा १० रुपैयाँ २५ पैसा, हवाई–इन्धनमा आठ रुपैयाँ ९९ पैसा नाफा छ। निगमले उच्च नाफा राखेकाले १५ दिनमा नै ५४ करोड रुपैयाँ नने प्रक्षेपण गरेको आजको नागरिक दैनिकमा खवर छ ।