Logo

पाकिस्तानमा कोरोना भाइरस संक्रमित संख्या दुई दिनमा तेब्बर



एजेन्सी, ४ चैत्र । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई तीनमा तेब्बर पुगेको छ । आइतबार ५४ जना संक्रमित रहेकोमा मंगलबार १८४ पुगेको छ ।

पाकिस्तान सबैभन्दा बढी संक्रमित रहेको चीन र इरानको छिमेकी देश हो । सार्क मुलुकमा कोरोना भाइरस संक्रमितको संख्यामा पाकिस्तानले भारतलाई समेत उछिनेको छ ।

सार्क मुलुक पाकिस्तानमा संक्रमितको संख्या बढेपछि यस क्षेत्रमा त्रास बढेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सावधानी अपनाउन तर आतंकति नहुने आग्रह गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot