Logo

चिर्पट प्रहार गर्ने पक्राउ



नुवाकोट, ४ चैत । चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा रामलाल तामाङ भन्ने किर्ते तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
शिवपुरी गाउँपालिका पाटीभन्ज्याङ बस्ने सागर तामाङलाई चिर्पट प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने किर्ते तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाटीभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सागर तामाङलाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot