Logo

जुवाडे पक्राउ



काठमाडौं, ४ चैत । जुवातास खेलिरहेको अवस्थामा बुद्धि बहादुर राउत लगायत ६ जनालाई ५३ हजार रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका पेप्सीकोलाबाट जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका भक्तपुर ठिमी बस्ने बुद्धि बहादुर राउत लगायत ६ जनालाई नगद ५३ हजार ९ सय ६५ रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot