Logo

कोरोना खोपको खोजी



एजेन्सी, ४ चैत । संघाई बायोटेक फर्मे कोरोना खोपको निर्माण गर्न निरन्तर रुपमा लागिरहेको छ । खोप विकासका लागि संघाई जी.एल बायो केमिकल कम्पनीले खोप निर्माण गर्न सक्ने प्रतिवद्वता जनाएको छ । कोरोना भाइरसविरुद्व खोप विकासमा टिस्यु पोलीपेपटाइड एन्टीजेनले मूख्य एजेन्टको रुपमा भुमिका खेल्ने जनाइएको छ ।

जी एल कम्पनीले ४० बटा ल्याबबाट भ्याक्सिन निर्माण गर्न तीव्र गतिमा लागिपरेको छ । उक्त कम्पनीले आफ्नो ५ सय कामदार निरन्तर रुपमा खटाइरहेको जानकारी समेत दिएको छ । उक्त कम्पनीले तीन हप्तामा खोपको मूख्य एजेन्टको रुपमा भूमिका खेल्ने टिस्यु पोलीपेपटाइड एन्टीजेन ३५ सयवटा निर्माण गरिसकेको जनाइएको छ । टिस्यु पोलीपेपटाइड एन्टीजेन (टिपीए) खोप निर्माणमा मद्दत गर्ने र विश्वभरका वेज्ञानिकहरुले प्रयोग गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्