Logo

ब्लड टाईप ए भएको मानिसहरु कोरोना संक्रमणको उच्च जाखिममा



एजेन्सी, ४ चैत । ब्लड टाईप ए (।।) रहेको मानिसमा कोरोना संक्रमणको जोखिम उच्च रहेको छ । ब्लड टाईप ओ (।) रहेको मानिसमा भने संक्रमणको जोखम न्यून रहेको चिनियाँ वैज्ञानिकहरुको समूहले मेड आर.एक्स.आइ.भीको बेवसाइटमा जानकारी दिएका हुन् ।

वैज्ञानिकहरुले दुई सय भन्दा बढी घातक केससहित तीन वुहान र शेन्जेन अस्पतालका २२ सय बिरामीहरुको डाटालाई समीक्षा गरी सार्वजनिक गरेका छन् ।
वुहानको ३४ प्रतिशत मानिसमा ब्लड टाईप ओ(।), ३२ प्रतिशत मासिनमा ब्लड टाईप ए(।।), २५ प्रतिशत मानिसमा ब्लड टाईप बी (।।।) र ९ प्रतिशत मानिसमा ब्लड टाईप ए र बी (आई.भी) रहेको वैज्ञानिकहरुले जनाएका छन् । उक्त डाटा संकलन गर्न वुहान ३७ सय संक्रमणमा नपरेको मानिसबाट लिइएको छ ।

उक्त समयमै वुहानमा रहेका कोरोना संक्रमित मध्ये ३८ प्रतिशत मानिस ब्लड ए(।।), २६.४ प्रतिशत मानिस ब्लड टाईप बी (।।।) र २५.८ प्रतिशत मानिस ब्लड टाईप ओ(।) रहेको जनाइएको छ । ए र बी ब्लड टाईप भएको मानिसमा न्युन असर परेको छ । ए(।।) ब्लड टाईप रहेको संक्रमित व्यक्तिले अत्याधिक मात्रामा संक्रमण फैलाउने सक्छ भने ब्लड टाईप ओ(।) ले न्यून मात्रामा संक्रमण फैलाउन सक्दछ । वैज्ञानिकहरुको अनुसन्धान अनुसार ब्लड टाई ए(।।) रहेका मानिसलाई अत्याधिक जोखिम रहेको जनाइएको छ ।

चीनबाट फैलिएको संक्रमण रुस लगायत एक सय ३० देशमा फैलिसकेको तथ्यांक छ ।उक्त भाइरसको संक्रमणमा विश्वभर एक लाख ७० हजार मानिसहरु प्रभावित भएका छन् । भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या सात हजार पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot