Logo

चीनद्वारा कोरोनाविरुद्व आठ प्रकारको खोप निर्माण



एजेन्सी ४ चैत । चीनले कोरोना भाइरसविरुद्व खोप प्रकारको भ्याक्सिन निर्माण गरेको छ । भ्याक्सिनको प्रयोग जनावरमा गरी सफल भएको चिनियाँ एकेडेमी मेडिकल साइंसेजको प्रयोगशाला पशु विज्ञान संस्थानका प्रमुख किन चुआनले मंगलबार ब्रिफिङमार्फत जानकारी दिएकी हुन् ।

खोप प्रकारको भ्याक्सिन मध्ये केही निकै प्रभावकारी भएको चुआनले जनाएकी छिन् । भ्याक्सिनको परिक्षण मुसा र बाँदरमा भइरहेको जाकारी उनले दिइन् । भ्याक्सिनको अन्य असरको खोजी भइरहेको जनाइएको छ ।

कोरोनाको संक्रमणका लागि एउटा प्रभावकारी भ्याक्सिनको कार्य तीव्रगतीमा भइरहेको जनाइएको छ । छिट्टै भ्याक्सिनको परिक्षण मानिसमा गर्ने प्रतिबद्ता चिनियाँ शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधीका निर्देशक लेई चाओजीले जनाएका छन् । भ्याक्सिनको निर्माणको उचित समय भने निर्धारण भइसकेको छैन् । चीनको विज्ञान प्रविधि मन्त्री जु नानपिंगले अप्रिल महिनाको अन्त्यसम्म भ्याक्सिनको परिक्षण गर्नेबारे जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्