Logo

निगमले समयमै मूल्य समायोजन नगर्दा दुई/चार दिन पेट्रोलियम पदार्थको समस्या देखियो : अध्यक्ष बोहोरा



काठमाडौं, ४ चैत्र । पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले भारतबाट अहिले ७ वटा नाकाबाट पेट्रोलियम पदार्थ आपूर्ति भैरहेको सुनाउँदै बजारमा कुनै अभाव नभएको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘कुनै दिनपनि आपूर्ति रोकिएको छैन् ।’ उनले आफूहरुसँग भएका ट्यांकरलाई समेत भण्डारणको लागि प्रयोग गर्नुपर्ने सुनाए । निगमको भण्डारण क्षमताले ७ दिनको लागि मात्रै पुग्ने बताउँदै भण्डारण क्षमता अझै बढाउनुपर्नेमा उनको जोड थियो ।

बोहोराले अहिले पेट्रोलियम पदार्थको कुनै भयावह अवस्था नभएको समेत जिकिर गरे । तर, निगमले समयमै मूल्य समायोजन नगर्दा अहिले दुई चार दिन समस्या देखिएको उनले तर्क गरे । उनले भने,‘निगमले मूल्य समायोजनमा ढिलाई गरेकै हो, कालोबजारी गर्ने ठाउँ छैन् । मूल्य घट्छ कि भनेर केही व्यापारी साथीहरुले तेल नउठाएको हुनसक्छ ।’



प्रतिक्रिया दिनुहोस्