Logo

कालोबजारी गर्नेलाई ठाउँको–ठाउँ कारबाही गर्छौं, विदाको दिनमा पनि अनुगमन गरेका छौं : महानिर्देशक सुवेदी



काठमाडौं, ४ चैत्र । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आफूहरुले अहिले विदाको दिनमा पनि बजार अनुगमन गरेको र लापरवाही गर्नेलाई अन द स्पट कारबाही गरिएको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘एकीकृत रुपमा हामीले अनुगमनलाई अघि बढाएका छौं ।’ कालोबजारी गर्नेहरुलाई आफुहरुले ठाउँको ठाउँमा कारबाही गरेको उनले स्पष्ट पारे ।

उनले आजबाट ग्याँस तथा पेट्रोलियम पदार्थमा समेत ध्यान दिईएको र सोहीअनुरुप आज अनुगमन गरिएको पनि सुनाए । उनले भने,‘ग्याँसमा वितरण प्रणालीमा समस्या देखिएको छ । ग्राहकलाई होल्न नगर्नको लागि म आग्रह गर्दछु ।’ उनले आफुहरुले कुनैपनि खराबी मौलाउन नदिने पनि विश्वास दिलाए । उनले भने,‘हामी फिलडमै खटिएका छौं । गलत गर्नेलाई कारबाही भैरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्