Logo

अमेरिका र ब्रिटेनद्वारा ठूला आर्थिक राहत कार्यक्रम घोषणा



एजेन्सी, चैत ५ । अमेरिका र ब्रिटेनका सरकारले कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण धर्मराएको अर्थतन्त्रलाई त्राण दिन ठूला राहत योजनाको घोषणा गरेका छन्।

अमेरिकी अर्थमन्त्रीका अनुसार १० खर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन लागिएको छ।ब्रिटेनले भाइरसको असरबाट प्रभावित व्यवसायहरूलाई झन्डै ४०० अर्ब डलरको ऋण जमानी दिने घोषणा गरेको छ।

अमेरिकी अर्थमन्त्री स्टीभ मनूशिनले झन्डै १० खर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन आवश्यक विधेयक पारित गर्न आफूले छिट्टै कङ्ग्रेसमा छलफल गर्ने बताएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले पनि आफ्नो सरकार भाइरससँग सङ्घर्ष गर्न कडा रूपमा प्रस्तुत हुन लागेको बताएका छन्।भाइरस अहिले अमेरिकाका ५० वटै राज्यमा फैलिसकेको छ र त्यहाँ १०० जनाभन्दा बढीको ज्यान गइसकेको विवरण छ।

बीबीसीका अनुसार विश्वभरि झन्डै दुई लाख मानिस सङ्क्रमित भएका र झन्डै ८,००० जनाको ज्यान गइसकेको छ।ब्रिटेनका प्रमुख अर्थमन्त्री रिशी सुनकले धराशायी हुन लागेका व्यवसायको राहतका लागि सरकारले झन्डै ४०० अर्ब डलरको ऋण जमानी दिने घोषणा गरेका छन्।

युरोपका कारनिर्माताहरूले कोरोनाभाइरस सङ्क्रमणबीच सबै कारखानाहरू अस्थायी रूपमा बन्द गर्न लागेका छन्।युरोपेली सङ्घ ईयूले कोरोनाभाइरस थप फैलिन नदिन, आउने ३० दिनसम्म अधिकांश ब्रिटेन स्विट्जरल्यान्ड र अन्य तीन देशबाहेक सबै विदेशीलाई आफ्नो क्षेत्रमा प्रतिबन्ध लगाउने भएका छन्।

युरोपको आपूर्ति व्यवस्था भने कायम रहने भनिएको छ।अहिले युरोपलाई कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु मानिएको छ।उक्त महामारीबाट इटली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित भएका छन्।

भाइरस रोकथाम गर्न ट्युनिशियाले दिनमा १२ घन्टा कर्फ्यू लगाउन लागेको छ।साउदी अरबमा स्वास्थ्य र खाद्यसेवाबाहेक निजी क्षेत्रका सबै काम दुई साताका लागि स्थगित गरिएका छन्। मक्का र मदिनाबाहेक सबै स्थानका मस्जिद पनि बन्द हुन लागेका छन्।ओमनले पनि सबै पर्यटकीय स्थल बन्द गर्दै सार्वजनिक सभा समारोह बन्द गर्न लागेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot