काठमाडौं, ५ चैत्र । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरसको जोखिम, नेकपाले चाल्ने भावी कदमलगायतका विषयमा छलफल हुने बुझिएको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणपछि उनीसहित सहभागी हुने बैठक पहिलोपटक बस्न लागेको हो । ओली मृगौला प्रत्यारोपणपछि पहिलोपटक पार्टीको बैठकमा सहभागी हुन लागेका हुन् ।
सरकार र पार्टी संचालनमा ओली विस्तारै सक्रिय हुनथालेका छन् । उनलाई चिकित्सकले बालुवाटारमै बसेर आराम गर्न भनेपनि सिंहदरबार पुगिसकेका छन् ।-File Photo