Logo

कोरोना कहर : चिनमा डिभोर्स बढ्यो



चैत ५, एजेन्सी । कोरोना भाइरसका कारण अनपेक्षित रुपमा चीनमा ‘डिभोर्स’का घटना बढ्न थालेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । चिनियाँ मिडियाका अनुसार पछिल्लो केही सातादेखि डिभोर्स आवेदन दिनेहरुको संख्या ह्वात्तै बढेको हो ।

चीनको छिआन सहरमा केही सातादेखि डिभोर्स गर्नेहरुको संख्या बढेको ग्लोबल टाइम्सले रिपोर्ट तयार पारेको छ । छिआनका विवाह दर्ता गराउने कार्यालयहरुमा केही हप्तादेखि नै डिभोर्स गराउन निवेदन हिनेहरुको संख्या बढेको हो ।

उत्तरपश्चिम सान्छी प्रान्तको राजधानी समेत रहेको छिआन सहरमा फेब्रुअरी २४ यता मात्रै ३ सय जोडीले डिभोर्सका लागि आवेदन दिएका हुन् । कोरोनाकै कारण यस्तो सामाजिक असर देखिएको बताइएको हो । सिचुआन प्रान्तको डाझउस्थित विवाह केन्द्रका व्यवस्थापक लु सिजुआनका अनुसार पहिले भन्दा डिभोर्स दर बढेको छ ।

रिपोर्ट अनुसार कोरोना महामारी फैलिन थालेपछि जोडीहरुले अधिकांश समय घरभित्र ‘क्वारेन्टाइन’मै बिताउनु परेको छ । जसले गर्दा आपसी बेमेल उत्पन्न हुन थालेको हो ।



प्रतिक्रिया दिनुहोस्