Logo

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित्



काठमाडौं, ५ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको यही चैत्र २८ र २९ गते हुने भनिएको ५४औं साधारण सभा केही समयको लागि स्थगित् भएको छ । विश्वव्यापी रुपमा कोरोनाको महामारी फैलिरहेको अवस्थामा नेपाल पनि यसबाट प्रभावित बनेको छ । महासंघको घोषित मितिमा साधरणसभा नहुने नै भएको छ । आज अपरान्ह बैठक बसेर साधारणसभा स्थगित् गरिएकोबारे जानकारी गराईने स्रोतले जनाएको छ ।

चैतमा हुने साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने पक्का भइसकेको छ। महासंघको वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने व्यवस्था भएकाले गोल्छा अध्यक्ष पक्का भइसकेका हुन्। अब हुने साधारणसभाले महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित गर्ने कार्यक्रम रहेको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि दुई चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेद्वारी दिएका हुन्। file photo



प्रतिक्रिया दिनुहोस्