काठमाडौँ, ५ चैत्र । अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले कञ्चनपुर जील्लामा भारतसंग जोडिएको सीमा क्षेत्रलाई तत्कालै पूनरावलोकन गरी नयाँ नक्सा जारी गर्न सरकारसंग आग्रह गरेको छ । सुदुरपश्चिम् प्रदेशका विभिन्न नौ स्थानमा भारतले अतिक्रमण गरेकोमा सरकारलाई यसप्रति ठोस कदम चाल्न र तत्कालै अनुगमन टोली पठाई पूनरावलोकन गर्न सीमा सरोकार समूहले आग्रह गरेको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी कञ्चनपुरमा भारतीय पक्षद्वारा गरिएको आक्रिमणमा रोक लगाई पूनरोवलोकन गर्न आग्रह गरेको हो । कञ्चनपुर जील्लामा अतिक्रमित क्षेत्रमा विगतदेखि नेपाली नागरिकले भोगचलन गरी आएको जमिनलाई अचानक भारतले आफ्नो नक्सामा राखेकोमा सीमा सरोकार समूहले सरकारको ध्यानाकार्षण गराएको हो ।
कार्यक्रममा सरोकार समूहका संयोजक पल्लवराज भट्टले कञ्चनपुर जिल्लावासीको पहलमा अन्तर्राष्ट्रिय सीमा सरोकार समूहको निर्माण भएको बताएका छन् । भारतद्वारा अतिक्रमित क्षेत्रको विषयलाई अन्राष्ट्रियकरण गर्न समूह नेपाल आएको उनले बताए । उनले भने,‘हामी प्रमाणसहित काठमाडौँ आएका छौँ, तत्कालै सरकारले प्रभावकारी कदम चाल्नुपर्छ ।’ सम्पूर्ण पीडित पक्षको आवाज गम्भिरतापूर्वक नेपाल सरकारले अतिक्रमित क्षेत्रलाई फिर्ता गराउनुपर्ने स्पष्ट पारेका छन् ।
भूमिसुधार मन्त्रालयले पठाएको टोली भारतीय पक्षका क्षेत्रमा गएर उनकै नक्साको आधारमा पनि त्यहाँबाट रिपोर्टिङ मन्त्रालयलाई पठाएकोमा उक्त टोलीसमेतलाई कारवाही गर्न माग संयोजक भट्टले गरेका छन् । उनले भने,‘मुल सीमा स्तम्भलाई आधार मान्दा सम्पूर्ण अतिक्रमित क्षेत्र नेपालकै भू–भागमा पर्न आउँछ । तर, भारतले साँक्षी स्तम्भलाई आधार मानेर सम्पूर्ण क्षेत्र आफ्नो पारेको छ ।’ हालै कञ्चनपुर जील्लामा निर्माणाधिन अवस्थामा रहेको हुलाकी सडकसमेतलाई भारतीय एसएसबीका जवानहहरुले आफ्नो क्षेत्र भनि उक्त सडकको निर्माणमा रोक लगाएकोमा सरकारलाई गम्भिर रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् ।
त्यसैगरी कार्यक्रममा अन्तराष्ट्रिय सीमा सरोकार समूहका सदस्य ओमप्रकाश पन्तले आफुहरु रहरले काठमाडौँ नआएको जिकिर गरे । ‘हामी बाध्यताले काठमाडौं आएका हौं, राज्य गणतन्त्रात्मक प्रणाली गएतापनि हामीलाई भान भएको छैन् । सम्पूर्ण कार्य गर्न काठमाडौँनै आउनुपर्ने के हो ?।’
नेपाली सीमा निरीक्षण टोलीले भारतकै सीमामा बसेर भारतकै निरीक्षण टोलीको मिलोमतोमा गरेको सर्बेमा उनीहरुले गौरव गरेको उल्लेख गर्दै पन्तले त्यसप्रति आपत्ति जनाए । उनले राज्यपक्षबाट आएका टोली नेपाली सीमा टोलीप्रति गम्भिर नभएको कारण तत्कालै नयाँ टोली पठाई स्थानीय निकायसँगको विचारविर्मश गरी नयाँ नक्शा जारी गर्न सरकारसंग आग्रह गरे ।
उनले भने,‘सदियौंदेखि नेपालीले भोगचलन गर्दै आएको जमिन भारतले दाबी गरेको छ ।’ भारतबाट पाकिस्तान छुट्टिएको बेला पाकिस्तानबाट लखेट्टिएको सरदारहरु उक्त क्षेत्रमा बसोवास गर्दै आएको उनले स्पष्ट पारे । उनले निरीक्षण गर्ने टोली र नेपाल सरकारलाई सदस्य पन्तले गद्दारको संज्ञासमेत दिएका छन् । ‘नेपाल सरकारले जारी गरेका नक्सा तत्कालै खारेज गरी स्थानीयको सरसल्लाहले नयाँ नक्सा जारी हुनुपर्छ ।’–उनले थपे ।
त्यसैगरी कार्यक्रममा बेलौरी नगरपालिकाकी उप–मेयर चित्रकुमारी चौधरीले जनताको समस्यालाई लिएर आफूहरु संघीय राजधानी आएको उनले बताईन् । उनले भनिन्,‘आम्रो जन्मस्थल गुम्दैछ । हाम्रो समस्याको समाधानको लागि सरकारले तत्कालै पहल गर्नुपर्छ ।’ सरकारले तत्कालै प्रभावकारी कदम चाल्नु आवश्यक रहेको उनले आवश्यकत्ता औंल्याईन् ।
अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले विभिन्न ६ बुँदे मागसमेत अघि सारेको छ । जसमा जनता तथा जनप्रतिनिधिको सहभागिता बिना एकतर्फी रुपमा तयार गरिएको कञ्चनपुर जिल्लाको कथित स्ट्रिप नक्शालाई खारेज गरि,यसअघि सहमति भएका आधारहरुः ऐतहासिक दस्तावेज,भोगचलन, कित्ता नापी नक्साका तथा जग्गाधनी प्रमाण पुर्जा, जंगे पिलर, सीमासम्बन्धी अन्तराष्ट्रिय ऐन तथा कानुनका आधारमा नयाँ नक्सा तयार गर्न जनप्रतिनिधिको सहभागिता हुने गरि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा फिल्डमा कार्यरत टोलीमालाईनै अधिकार दिई तत्काल स्ट्रिप नक्शा पुनराबलोकन गरिनुपर्ने, राष्टियस्तरमा सीमांकनसम्बन्धी भएको सहमति तथा निर्णयविपरित सीमा क्षेत्रमा रहेका जंगे पिलर एवं जनताको भोगाधिकार भइरहेको निस्सालाई समेत वेवास्ता गरी नेपालीको भूमि भारततर्फ पर्ने गरी स्ट्रिप नक्शा के कसरी तयार गरियो ? यसमा कुन कुन व्यक्ति या पक्ष सम्मिलित छन् ? सीमा सर्भे टोलीबाट के कति स्वार्थमा यस्ता कामहरु गरिए भन्ने कुराको तत्काल छानबीन गर्दै आवस्यक कार्वाही गरिनुपर्ने, स्ट्रिप नक्शालाई पुनराबलोकन गर्दा सुगौली सन्धि पश्चात स्थापना गरिएका आधार सीमा स्तम्भ(जंगे पिलर)लाईअन्तराष्ट्रियसीमारेखाङ्कनको मुख्य आधार बनाईयोस र नियतबस सारिएका, गायव गरिएका, भत्काइएका २०० नं., १९५ नं. लगायतका पिल्लरहरुलाई बिज्ञानसम्मत तथ्यका आधारमा पुरानै ठाउँको खोजी गरि तत्काल पुनस्थापना गरिनुपर्ने, सारदा ब्यारेज को निर्माणको बेला देखी नेपाल तथा भारतबीच जग्गा सट्टा भर्ना सम्वन्धि भएको सहमति अनुसार जग्गाको यथार्थ बिवरण सार्बजनिक गरिनुपर्ने, नेपाली नागरिकहरुको भोगचलनमा भएको अतिक्रमित जमिन फिर्ता गरिनुका साथै सीमा रेखाङ्कनवाट प्रभाबित हुने जनताकोआवस्यक ब्यवस्थापन गरिनुपर्ने, सीमानामा हुने अतिक्रमण र ज्यादतिका बिरुद्धको संघर्षमा गोबिन्द गौतमले सहादत प्राप्त गरेको कुरा स्मरण गराउदै कञ्चनपुर जिल्लाको सीमा क्षेत्रमा हुने हरेक समस्या बाट जनताको सुरक्षाका खातिर प्रत्येक २ किमिमा सीमा सुरक्षा बल स्थापना गरिनुपर्ने रहेका छन् ।
कञ्चनपुर जिल्लाको भारतसँग जोडिएको सीमा क्षेत्रमा देखिएका समस्याका बारेमा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ती
सञ्चारकर्मी मित्रहरु,
नेपाल भारत संयुक्त सीमा सर्भे टोलीले कञ्चनपुर जिल्लाको भारतसँग जोडिएका सीमा क्षेत्रमा सीमांकन गर्ने बेला कञ्चनपुरको बेलौरी, पुनर्वास र बेल्डाँडी क्षेत्रमा लालपुर्जासहित भोगचलन गर्दै आएको नेपाली जमिनमा सीमा स्तम्भ स्थापना गर्ने कार्य खोजिएपछि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालमा आन्तरिक द्वन्द्व चर्केको बेला नेपालको भूमि भारततर्फ पर्ने गरी तत्कालिन नापी सर्भे टोलीले स्ट्रिप नक्शा तयार गरेपछि कञ्चनपुरको दक्षिण क्षेत्रमा सयौं विगाहा जग्गा भारतमा पर्न गएको हो । उक्त नक्सा निर्माण गर्दा स्थानीय जनप्रतिनिधि, जनता तथा सरोकावालासँग कुनै छलफल नगरी कित्ता नापी नक्साका आधारमा भोगचलन तथा जग्गा धनी प्रमाण पुर्जा, मूल सीमा स्तम्भ (जंगे पिलर)लगायतका आधारलाई वेवास्ता गरिएको छ । यसबाट कञ्चनपुर जिल्लामा निम्नानुसारको समस्या देखिएको छ ।
(क) बेल्डाँडी गाउँपालिकाको वडा नं. ३ बैवाहामा रहेको साबिक ३२ नं. पिल्लर देखी ३३ नम्बर पिलर र ३३ नं.पिल्लर देखि ३४ नम्बर पिलरसम्म सीमांकन गर्दा २०२८ साल देखि भोगचलन गर्दै आएको र २०३६ सालमा कित्तानापी भई भूतपूर्व सैनिकहरुको बस्ती बसालिएको तथ्यलाई उपेक्षा गर्दै अहिलेको स्ट्रिप नक्सामा भने उपरोक्त दुबै पिलरको बीचमा नयाँ सर्भे तथा सीमांकन गर्दा सय विगाहा भन्दा बढी जमिन भारततर्फ पर्नुका साथै विश्व बैंकको सहयोगमा निर्माण भएको महाकाली सिचाईं आयोजना अन्तर्गत दोश्रो चरणको नहर समेत दुबै देशको सीमा क्षेत्र (नोमेन्स ल्याण्ड) बीचमा पर्न गएको छ ।
ख) बेलौरी नगर पालीकाको वडा नं. ८ पचुइमा रहेको ३८ नं. स्तम्भलाई साक्षी स्तम्भको रुपमा मानिदै आएको थियो । ३८ नं. पिलर देखि ३ सय मिटर दक्षिण भएर चौधरनदी( हालको सुतिया नाला) बग्ने गरेको छ । उक्त चौधर नदीको भारत पट्टीको किनारमा सीमाना रहेकोमा उक्त स्थानमा पिल्लर राख्न नदिका कारण अप्ठ्यारो भएकाले उच्चो ठाउँ खोजी नेपाल पट्टीको उक्त स्थानमा राखिएको हँुदा चौधरनदि सम्म नै नेपाली पक्षले भोगचलन गर्दै आएको छ । तर हाल नयाँ भनिएको स्ट्रिप नक्शामा ३८ नं. स्तम्भलाई मुल सीमा स्तम्भ मानीएको छ । स्तम्भ नजिकबाट गईरहेको हुलाकी सडक समेत भारतमा परेको भन्दै भारतिय सुरक्षाकर्मीहरुले उक्त क्षेत्रमा हुलाकी सडक निर्माण कार्य बन्द गराएका छन् । यसरी गर्दा ३७ नं.स्तम्भ देखि ३८ हुदै ३९ सम्म पुग्दा सयौ बिगाहा नेपालीहरुको भोगचलन र जग्गाधनी प्रमाण पुर्जा भएको जमिन भारततिर पर्ने भएको छ ।
(ग) बेलौरी नगर पालिका को १ नं. र पुनर्वास नगरपालिकाको ४ नं. बडाको सीमा क्षेत्रमा पर्ने २०० नं. सीमा स्तम्भ बिगत लामो समय देखि बेपत्ता पारिएको छ र हाल सम्म स्थापना गरिएको छैन । सोहि सीमा स्तम्भ नभएकै कारण नेपाली भुमिमा भारतिय पक्षबाट अतिक्रमण हुँदा त्यसको प्रतिरोधमा सहिद गोबिन्द गौतमले ज्यान गुमाउनु परयो तर हाल सम्म पनि २०० नं. सीमा स्तम्भ स्थापना भएको छैन, २०१ बाट १९९ नम्बरको जंगे पिलरलाई आधार मानेर २०० नं. पिलर स्थापना गर्नु पर्ने मा त्यसो नगरेर २०१ बाट सोझै १९८ मा पुग्ने गरि बिचको झन्डै ३ की.मी लामो क्षेत्रको ५० मिटर देखिझन्डै ७ सय मिटर चौडाई सम्मको ठुलो नेपाली भुभाग भारत तिर पर्ने गरि नक्शाङ्कन गरिएको छ । १९९ नं. पिलर लाई आधार मान्दा भारतीय पक्षले अतिक्रमण गरेको भुमि नेपालकै देखिने भएपछि १९९ नं. पिलर लाई सीमा पिलर नभई साक्षी पिलर भन्द ैस्ट्रिप नक्शा तयार गरिएको पाइएको छ । जवकी कुनै खोला, नाला, ताल तलैया कारण सही स्थानमा सीमा स्तम्भ स्थापना गर्न नसके मात्र सुरक्षीत स्थान खोजी साक्षी स्तम्भ राख्ने गरेको देखिन्छ तर १९९ नं. पिल्लर सबै भन्दा होचो स्थानमा रहेको छ र भारतिय पक्षले दाबि गरेको स्थान अग्लो डाडा हो । अग्लो र सुरक्षीत स्थानको लागि किन र कसरी अप्ठयारो स्थानमा राखिएको पिल्लर रिफरेन्स हुन सक्छ ?
घ) पुनर्वास नगरपालिकाको वडा नं. ९ मा रहेको प्याराताल २०५८ साल सम्म जिल्ला बिकास समिति कञ्चनपुरले ठेक्का दिदै आएको थियो । त्यस बेलासम्म त्यहाँ कुनै बिबाद थिएन । प्यारा ताल भन्दा दुइ सय मिटर जति दक्षिणमा ढालिएको अवस्थामा १९५ नं. रहेको छ । अहिले स्ट्रिप नक्शामा १९५ नं. पिलर लाई मुख्य सीमा स्तम्भ नभई साक्षी स्तम्भको रुपमा स्वीकार्दै प्याराताल नै सीमामा पर्ने गरि बनाइएको छ र १९५ नं. पिल्लर लाई कुनै पनि महत्व नदिई पुनर्निमाण समेत गरिएको छैन । बिजोर नं. को पिल्लर भएकाले उक्त पिल्लर निर्माण तथा मर्मत गर्ने जिम्मेवारी नेपाल पक्षको हो । जसका कारण उक्त क्षेत्रको नेपाली भुभाग गुमाउनुका साथै सुन्दर प्याराताल समेत गुमाउनु पर्ने अवस्था आएको छ ।
(ङ) भीमदत्त नगरपालिका वडा नंं १०, गड्डाचौकीदेखि जिमुवा जाने सडक खण्ड कालोपत्रे गर्न नगरपालिकाले टेण्डर आव्हान गरि काम शुरु भएको अवस्थामा भारतीय पक्षले उक्त जमिन भारतीय भूमिमा परेको भन्दै काम बन्द गर्न लगाएको अवस्था छ । यसैगरी सोही नगरपालिकाको वडा नं. ९ ब्रम्हदेव बजारमा लामो समयदेखि रहेको हलिया मुक्ति बस्तीमा भारतीय पक्षले दावी गर्दै नयाँ भवन निर्माण गर्न रोक लगाएको तथा पुरानो बस्ती समेत खाली गर्न दबाब दिइ रहेको अवस्था छ ।
जिल्लामा यी समस्या देखिएपछि हामीले अन्तर्राष्ट्रिय सीमा सरोकार समूह, कञ्चनपुरका तर्फबाट सम्माननीय प्रधानमन्त्री, गृह मन्त्री, परराष्ट मन्त्री, भूमि व्यवस्था तथा सहकारी मन्त्री एवं संसदीय समितिहरुसमक्ष निम्न बमोजिमका मागसहित ज्ञापन बुझाएको जानकारी गराउन चाहन्छौ ।
मागहरु
१) जनता तथा जनप्रतिनिधिको सहभागिता बिना एकतर्फी रुपमा तयार गरिएको कञ्चनपुर जिल्लाको कथित स्ट्रिप नक्शालाई खारेज गरि,यसअघि सहमति भएका आधारहरुः ऐतहासिक दस्तावेज,भोगचलन, कित्ता नापी नक्साका तथा जग्गाधनी प्रमाण पुर्जा, जंगे पिलर, सीमासम्बन्धी अन्तराष्ट्रिय ऐन तथा कानुनका आधारमा नयाँ नक्सा तयार गर्न जनप्रतिनिधिको सहभागिता हुने गरि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा फिल्डमा कार्यरत टोलीमालाईनै अधिकार दिई तत्काल स्ट्रिप नक्शा पुनराबलोकन गरियोस ।
२) राष्टियस्तरमा सीमांकन सम्बन्धी भएको सहमति तथा निर्णय विपरित सीमा क्षेत्रमा रहेका जंगे पिलर एवं जनताको भोगाधिकार भइरहेको निस्सालाई समेत वेवास्ता गरी नेपालीको भूमि भारततर्फ पर्ने गरी स्ट्रिप नक्शा के कसरी तयार गरियो ? यसमा कुन कुन व्यक्ति या पक्ष सम्मिलित छन् ? सीमा सर्भे टोलीबाट के कति स्वार्थमा यस्ता कामहरु गरिए भन्ने कुराको तत्काल छानबीन गर्दै आवस्यक कार्वाही गरियोस् ।
३) स्ट्रिप नक्शालाई पुनराबलोकन गर्दा सुगौली सन्धि पश्चात स्थापना गरिएका आधार सीमा स्तम्भ(जंगे पिलर)लाईअन्तराष्ट्रियसीमारेखाङ्कनको मुख्य आधार बनाईयोस र नियतबस सारिएका, गायव गरिएका, भत्काइएका २०० नं., १९५ नं. लगायतका पिल्लरहरुलाई बिज्ञानसम्मत तथ्यका आधारमा पुरानै ठाउँको खोजी गरि तत्काल पुनस्थापना गरियोस् ।
४)सारदा ब्यारेज को निर्माणको बेला देखी नेपाल तथा भारतबीच जग्गा सट्टा भर्ना सम्वन्धि भएको सहमति अनुसार जग्गाको यथार्थ बिवरण सार्बजनिक गरियोस् ।
५) नेपाली नागरिकहरुको भोगचलनमा भएको अतिक्रमित जमिन फिर्ता गरिनुका साथै सीमा रेखाङ्कनवाट प्रभाबित हुने जनताकोआवस्यक ब्यवस्थापन गरियोस ।
६) सीमानामा हुने अतिक्रमण र ज्यादतिका बिरुद्धको संघर्षमा गोबिन्द गौतमले सहादत प्राप्त गरेको कुरा स्मरण गराउदै कञ्चनपुर जिल्लाको सीमा क्षेत्रमा हुने हरेक समस्या बाट जनताको सुरक्षाका खातिर प्रतेक २ किमि मा सीमा सुरक्षा बल स्थापना गरियोस ।